Kathmandu Press

दिल्लीकाे चुनाव : केजरिवालको पार्टी अत्यधिक बहुमततिर

काठमाडौं, माघ २८ : भारतको दिल्ली विधानसभाको चुनावको मतगणना सुरू भएको छ। बिहान १० बजेसम्मको रुझानमा अरविन्द केजरिवालको आम आदमी पार्टी (आप) ले  अत्....

दिल्लीकाे चुनाव : केजरिवालको पार्टी अत्यधिक बहुमततिर

काठमाडौं, माघ २८ : भारतको दिल्ली विधानसभाको चुनावको मतगणना सुरू भएको छ। बिहान १० बजेसम्मको रुझानमा अरविन्द केजरिवालको आम आदमी पार्टी (आप) ले  अत्यधिक बहुमत ल्याउने देखिएको छ।

दिल्ली विधानसभाको ७० सिटमध्ये आपले ५० स्थानमा अग्रता लिएको छ। यस अघि सन् २०१५ को निर्वाचनमा आपले ६७ सिटमा जित हासिल गरेको छ।

Hardik ivf

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालसहित आपका शीर्ष नेताहरूले अग्रता लिइरहेका छन्।

त्यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)ले २० सिटमा अग्रता लिइरहेको थियो। यस अघिको निर्वाचनमा भाजपाले तीन सिट मात्रै जितेको थियो।

कांग्रेस पार्टीले कुनै सिटमा अग्रता लिएको छैन। अघिल्लो चुनावमा पनि कांग्रेसले कुनै सिट जित्न सकेको थिएन।

दिल्ली विधानसभाको निर्वाचन चार दिन अघि भएको थियो। इक्जिट पोलहरुले पनि आपको जित देखाएका थिए।

आपका कार्यकर्ताले खुशीयाली मनाउन सुरू गरेका छन्।

प्रकाशित मिति: १०:११ बजे, मंगलबार, माघ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्