Kathmandu Press

नेप्से दोहोरो अंकले बढ्यो

मंगलबारको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अंकले बढेर दुई हजार ८८ दशमलव ७० अंकमा कायम भएको छ।
नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं, असार १९ : यो साताको सुरुवाती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ। मंगलबारको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अंकले बढेर दुई हजार ८८ दशमलव ७० अंकमा कायम भएको छ।

मंगलबार विभिन्न दुई सय ८२ कम्पनीका ६४ लाख ५० हजार नौ सय ३४ कित्ता शेयर ४६ हजार सात सय ३१ पटक खरिदबिक्री हुँदा दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार एक सय २८ रुपैयाँ बराबरको कारोबार भएको छ।
 
नेप्से परिसूचकसँगै सबै समूहको उपसूचक पनि हरियो देखिएको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूह एक सय ३३ दशमलव ३४ र निर्जीवन बीमा समूह ७८ दशमलव ०७ अंकले बढेको छ।

बैंकिङ समूह एक दशमलव ०७, विकास बैंक ३१ दशमलव ०५, वित्त ३५ दशमलव ३४, जलविद्युत् तीन दशमलव १६, लगानी शून्य दशमलव ९९ र जीवन बीमा ३० दशमलव ५० अंकले बढेको छ।

त्यसैगरी, उत्पादन तथा प्रशोधन ४० दशमलव ०८, लघुवित्त ३० दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव ०२, व्यापार १५ दशमलव ८१ र अन्य समूह १५ दशमलव ८१ अंकले बढेको छ ।

सिटी होटल लिमिटेडको शेयर मूल्यमा नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नागरिक लगानी कोषको १२ करोड १७ लाख आठ सय ३० बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको दुई लाख १४ हजार पाँच सय ८३ कित्ता शेयर किनबेच भएको छ।

प्रकाशित मिति: १५:५७ बजे, मंगलबार, असार १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्