अर्थतन्त्र सकारात्मक दिशामा चलायमान : अर्थमन्त्री
‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन। समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ ।’काठमाडौं, असार १९ : अर्थमन्त्री डा.प्रकाशशरण महतले अहिले अर्थतन्त्रको समग्र अवस्था सकरात्मक रहेको भनाई राखेका छन्।
संसदको अर्थसमितिको बैठकमा बोल्दै डा.महतले उक्त भनाई राखेका हुन्। अर्थमन्त्री डा.महतले भने, ‘कुनै पनि देश अर्थतन्त्र समस्यामुक्त हुँदैन। समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ ।’ सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री डा. महतले अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको भन्दै आस्वस्त पारे।
अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालय समन्वयकारी भूमिकासहित अगुवाइ भइरहेको भनाई उनको थियो। बैठकमा डा.महतले भने, ‘सबैको समन्वय र क्रियाशीलताले समस्या हामी न्यून गर्दै जान्छौं। समस्या न्यून गरियो भने हामी विकास र समृद्धिको बाटोमा अगाडि बढ्न सक्छौँ ।’ राजस्व उठ्ने विषयमा पनि प्रगति भइरहेको उनले बताए।
गत वर्षभन्दा ०.५२ प्रतिशत बढी उठाउन सक्ने भनाई उनको थियो । राष्ट्र बैंकले कसिलो मौद्रिक नीति अपनाएका कारण आवश्यक मुद्रा प्रवाह नभएको र ब्याजदर बढेको पनि उनले बताए । ‘यसले गर्दा निजी क्षेत्रबाट लगानी बढेन, पूँजीगत खर्च त्यही रुपमा हुन सकेन। जसले गर्दा अर्थतन्त्र भनेजति चलायमान भएन।’
मन्त्री महतले क्षमताभन्दा पनि बढी सामाजिक सुरक्षामा खर्च भइरहेकोसमेत बताए । तल्लो वर्ग, समूह विपन्न वर्गलाई लक्षित गरेरसामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा पनि मनत्री महतको थियो।