Kathmandu Press

कोरोनाले एकै दिनमा १०३ जनाको मृत्यु, मृतकको संख्या एक हजार १३ 

काठमाडौ, माघ २८ : कोरोनाका कारण सोमबार हुबेइमा मात्र १०३ जनाको मृत्यु भएको छ । चीनको हुवेई प्रान्तका एकजना स्वास्थ्य अधिकारीले हुबेइमा अहिलेसम्म ९७४ ज....

कोरोनाले एकै दिनमा १०३ जनाको मृत्यु, मृतकको संख्या एक हजार १३ 

काठमाडौ, माघ २८ : कोरोनाका कारण सोमबार हुबेइमा मात्र १०३ जनाको मृत्यु भएको छ । चीनको हुवेई प्रान्तका एकजना स्वास्थ्य अधिकारीले हुबेइमा अहिलेसम्म ९७४ जनाको मृत्यु भएको समेत जानकारी दिएका छन् ।

कोरोनाका कारण मेनल्यान्ड चाइनामा एक हजार ११ ले ज्यान गुमाएका छन् भने विश्वव्यापिरुपमा एक हजार १३ जनाको मृत्यु भएको छ । जसमा एकजनाको हङकङमा र एकजनाको फिलिपिन्समा मृत्यु भएको हो । त्यसैगरी सोमबार हुबेइमा दुई हजार ९७ जना संक्रमित भएका छन् ।

हुबेइमा २५ हजार संक्रमित अस्पतालमा भर्ना गरिएका छन् । जसमा १ हजार २ सय ९८ को अवस्था गम्भीर भएको बताइएको छ ।  विश्वभर ४२ हजारभन्दा बढी संक्रमित भएको जनाइएको छ । जापानको डाइमन्ड प्रिन्सेस क्रुजमा सवार १३६ जनामा कोरोनाको संक्रमण भएको पुष्टि गरिएको छ । 

प्रकाशित मिति: ०८:४८ बजे, मंगलबार, माघ २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्