Kathmandu Press

सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध हुन होटल संघको परिपत्र

काठमाडौं, माघ २७ : होटल एसोसिएसन अफ नेपाल (हान) ले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आफ्ना सदस्य होटलहरुलाई परिपत्र गरेको छ।

सामाजिक सुरक....

सामाजिक सुरक्षा कोषमा अनिवार्य आवद्ध हुन होटल संघको परिपत्र
फाइल

काठमाडौं, माघ २७ : होटल एसोसिएसन अफ नेपाल (हान) ले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन आफ्ना सदस्य होटलहरुलाई परिपत्र गरेको छ।

सामाजिक सुरक्षा कोषको आग्रहमा हानले आफ्ना सदस्य होटलहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा एक महिनाभित्र अनिवार्य रुपमा आवद्ध हुन परिपत्र गरेको हो।

हानका अध्यक्ष सिर्जना राणको अध्यक्षतामा तीनदेखि पाँच तारे होटलका प्रतिनिधिसहितको बैठकले कोषमा आवद्ध हुन परिपत्र गर्ने निर्णय गरेको हो।

बैठकमा सदस्य होटलहरुलाई नियम पालना नगरे कसुरको रुपमा परिभाषित समेत गर्ने भन्दै तोकिएको समयभित्र सूचीकरण गर्न जानकारी गराउने निर्णय गरेको थियो।

१२ हजार रोजगारदाता आवद्ध

सामाजिक सुरक्षा कोषमा हालसम्म १२ हजार १४३ रोजगारदाताका एक लाख ४५ हजार ३५७ योगदानकर्ता आवद्ध भएका छन्। 

७४ वटा जिल्लाको सहभागीता रहेको कोषमा हालसम्म ५९ करोड ५८ लाख ५ हजार ८९८ रकम जम्मा भएको छ भने ६ जना आश्रिम परिवारले सुरक्षा बीमा  दाबी गरेका छन्।

सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीका अनुसार अपेक्षा गरेअनुसार रोजगारदाता र श्रमिकको सहभागिता हुन सकेको छैन। केही नीतिगत जटिलता रहेको भन्दै रोजगारदाताले कोषमा सहभागी हुन आलटाल गर्दै आएका छन्। 
 

प्रकाशित मिति: १९:३० बजे, सोमबार, माघ २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्