Kathmandu Press

नेपाल एयरलाइन्सले फागुन १९ देखि जापानको नारिता उडान भर्ने

काठमाडौं, माघ २७ : नेपाल वायुसेवा निगमको विमानले आगामी फागुन १९ देखि जापानको नारिता उडान गर्ने भएको छ। 

गत भाद्र १२ गतेदेखि जापानक....

नेपाल एयरलाइन्सले फागुन १९ देखि जापानको नारिता उडान भर्ने
फाइल

काठमाडौं, माघ २७ : नेपाल वायुसेवा निगमको विमानले आगामी फागुन १९ देखि जापानको नारिता उडान गर्ने भएको छ। 

गत भाद्र १२ गतेदेखि जापानकै ओसाका उडान सुरु गरेको नेपाल एयरलाइन्सले आगामी फेबुअरी २८ सम्म ओसाका उडान गर्नेछ। वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले ओसाका उडान बन्द गरेर फागुन १९ देखि एयरलाइन्सले नारिता उडान सुरु गर्नेछ।  

उनका अनुसार हालसम्म नारिता उडानको टिकट बुकिङको काम भइरहेको छ। सामान्यतया उडान अनुमति पाएको ६ महिनासम्म उडान गर्नुपर्छ। ओसाका उडान गरेको फेबु्रअरीमा ६ महिना पूरा भएपछि बन्द गर्न लागिएको हो। 

खड्काका अनुसार सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार वाइडबडी विमानवाट नारिता उडान हुनेछ। फागुन १९ गते बिहान १ बजेर २५ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट उडान गर्ने विमान सोही दिन अपरान्ह ६ बजेर २५ मिनेटमा काठमाडौं उडान गर्ने तालिका छ।

सुरुवाती चरणमा प्रवर्द्धनात्मक एकतर्फी भाडार ३७ हजार र दुईतर्फी भाडादर ७३ हजार निर्धारण गरिएको छ। बिजनेश क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २५÷२५ के.जी. का दुई वटा ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३÷२३ के.जी.का दुई वटा ब्यागेजको सुविधा समेत पाउनेछन्।

निगमले नारिताको उडान प्रारंभ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सिधा उडानले गर्दा ट्रान्जिटको झंझट समेत समाप्त हुनेछ।

प्रकाशित मिति: १९:०० बजे, सोमबार, माघ २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्