दक्षिणपश्चिम भारतमा बसमा आगलागी हुँदा २६ जनाको मृत्यु
स्थानीय प्रहरीले जनाएअनुसार दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन। सो दुर्घटना नागपुर शहर नजिक समृद्धि महामार्ग एक्सप्रेसवेमा भएको हो।
काठमाडाैं, असार १६ : भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा शनिबार यात्रु बसमा आगलागी हुँदा कम्तीमा २६ जनाको मृत्यु हुनाको साथै अन्य केही व्यक्ति घाइते भएका छन्।
स्थानीय प्रहरीले जनाएअनुसार दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन। सो दुर्घटना नागपुर शहर नजिक समृद्धि महामार्ग एक्सप्रेसवेमा भएको हो।
यवतमालबाट पुणे जाँदै गरेको उक्त बसमा ३३ जना यात्रु सवार रहेको बुझिएको छ।
प्रकाशित मिति: १३:५५ बजे, शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार