Kathmandu Press

मदन भण्डारी रुपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान

कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरू सहभागी थिए।
मदन भण्डारी रुपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान

काठमाडाैं, असार १४ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनद्वारा स्थापित मदन भण्डारी रूपान्तरण राष्ट्रिय नेतृत्व पुरस्कार प्रदान गरेकी छन्।

जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले यस वर्ष सो पुरस्कार हेटौँडा उपमहानगरपालिका–४ प्रतिभानगर, मकवानपुरकी निरुकुमारी मगरलाई र मदन भण्डारी राष्ट्रिय पुरस्कार सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–४ फाप्लु निवासी डा मिङमार ग्याल्जेन शेर्पालाई हस्तान्तरण गरे।

Hardik ivf

डा. शेर्पाले विगत ४५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा संलग्न रही देशका दुर्गम स्थानका गरिब, असहाय तथा सेवाको पहुँचबाट बञ्चित रहेको समुदायलाई आफ्नो सेवाको अधिकांश समय विशेषतः मातृ मृत्युदर घटाउन, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच उपलब्ध गराउन, ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम, दुर्गम जिल्लामा टेलिमेडिसिन सेवालगायतमा महत्त्वपूर्ण नेतृत्व गरेका छन्।

पुरस्कृत व्यक्तित्व मगरले विगत ३१ वर्षदेखि खेलकुद विकासको विविध विधा र क्षेत्रमा संलग्न रही, कठिन पारिवारिक, आर्थिक, सामाजिक परिवेशका बाबजुद, आफ्नै प्रयत्नका आधारमा खेलप्रति लगनशील र निरन्तर समर्पित रहेर समाजमा विद्यमान खेलप्रतिको बुझाइ र महिला खेलाडीप्रतिको दृष्टिकोण परिवर्तन गर्न स्थानीय, प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सफलताको मानक कायम गरी नयाँ पिँढीलाई प्रेरणाको स्रोतको रूपमा पहिचान बनाउँदै आउनुभएको छ । पुरस्कारमा जनही रु एक लाख नगदसहित सम्मानपत्र रहेको छ ।

कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेताहरू सहभागी थिए।

प्रकाशित मिति: १७:२१ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्