Kathmandu Press

भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु, १५ घाइते

घटना त्रिपुराको राजधानी सहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो।
भारतमा रथको तारसँग ठोक्किएर ६ जनाको मृत्यु, १५ घाइते

नयाँ दिल्ली, असार १४ :  भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई(टेन्सन तारसँग छोइदा कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन्।

घटना त्रिपुराको राजधानी सहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी जिल्लाको कुमारघाट क्षेत्रमा भएको हो।

अधिकारीका अनुसार धार्मिक यात्रामा देवता बोकेको रथलाई भक्तजनले तानेका बेला दुर्घटना भएको हो।
घाइतेहरूलाई सरकारी अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीले दुर्घटनाको विषयमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जनाएको छ।

प्रकाशित मिति: ११:५८ बजे, बिहीबार, असार १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्