अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने काभ्रेको पहिलो पालिका बन्यो बेथानचोक
कार्यक्रममा प्रदेश सभासदस्य बादेले शिक्षामा गरिएको लगानीको प्रतिफल तुरुन्तै प्राप्त नहुने बताए। उनले शिक्षाको लगानी खोज्न कम्तिमा आधा दशक पर्खिनु पर्ने बताउँदै शिक्षकहरुले शिक्षा प्रदान गर्ने सवालमा कुनै सम्झौता नगरी नतिजा निकाल्न आग्रह गरे।
काभ्रे, असार १४ : बेथानचोक गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने काभ्रे जिल्लाकै पहिलो गाउँपालिका बनेको छ ।
बुधबार एक कार्यक्रमबीच बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले बेथानचोक गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गाउँपालिका घोषणा गरे।
कार्यक्रममा प्रदेश सभासदस्य बादेले शिक्षामा गरिएको लगानीको प्रतिफल तुरुन्तै प्राप्त नहुने बताए। उनले शिक्षाको लगानी खोज्न कम्तिमा आधा दशक पर्खिनु पर्ने बताउँदै शिक्षकहरुले शिक्षा प्रदान गर्ने सवालमा कुनै सम्झौता नगरी नतिजा निकाल्न आग्रह गरे।
सक्षम जनशक्ति उत्पादनमा सामुदायिक विद्यालय अग्रभागमा रहेको बताउँदै उनले राज्यले नीतिगत रुपमा विद्यालयस्तरको शिक्षालाई अनिवार्य गरेकोले यसलाई मुर्त रुप दिन आफूहरुले संविधान निर्माणका क्रममा गरेको कार्यहरुको स्मरण गराए।

अनिवार्य शिक्षालाई संविधानको मौलिक हकले व्यवस्था गरेकोले अभिभावकले समय समयमा विद्यालय पुगेर बालबालिकाको प्रगति विवरण लिन पर्नेमा जोड दिए। उनले शिक्षामा दीर्घकालिन लक्ष्य लिएर एक घर एक ग्राज्युयट, एक घर एक प्राविधिकको अवधारणा लिएर स्थानीय तहले शिक्षामा लगानी गर्न आग्रह गरे।
कार्यक्रमामा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा राखेका र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क पाउने प्रावधान अनुरुप आफूहरुले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन बेथानचोक घोषणा गर्न कार्य गरेको बताए।
उनले गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गर्न सहयोग पु¥याउनु हुने मेन्टर, गणक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी, जनप्रतिनिधि सबैलाई धन्यवाद दिए।
अध्यक्ष अधिकारीले शुक्रबारलाई झोला रहित कक्षाका रुपमा सञ्चालन गरी उक्त दिन विद्यार्थीहरुका बहुआयामिक प्रतिभा प्रस्फुटन हुने खालका गतिविधि सञ्चालन गर्ने पनि बताए।

यस्तै, गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले चौरमा पढाई हुने हिजोको संरचनाबाट सुविधासम्पन्न भवन र प्रविधियुक्त कक्षा कोठा भए पनि सामुदायिक विद्यालयका सिकाइ उपलब्धी दिनानुदिन खस्किँदै गएकोप्रति चिन्ता व्यक्त गरिन्। उनले शिक्षा प्रदान गर्नेजस्तो पवित्र कर्ममा दत्तचित्त भएर लागि पर्न शिक्षकहरूलाई आग्रह गरिन्।
उनले राज्यले लिएको २०८४ भित्र सबै स्थानीय तहमा अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन गराउने यो महाअभियानमा बेथानचोक जिल्लामै पहिलो हुन सफल भएकोप्रति खुशी व्यक्त गरिन्।
कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख पुष्पा राईले नेपाल सरकारले १९ असोज २०७७ मा ‘अनिवार्य र निःशुल्क शिक्षा सम्बन्धी नियमावली–२०७७’ लागू गरेको बताउँदै सोही अनुरुप गाउँपालिकामा पनि कार्य गरिएको बताइन्।
राईले अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन भएसँगै अब सामुदायिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक वापतको रकम यी शीर्षकमा कुनै पनि शुल्क लिनु हुँदैन भनेको स्मरण गराउँदै सोही अनुरुप गाउँपालिका भित्रका विद्यालयहरुलाई शुल्न नलिन आग्रह गरिन्।
कार्यक्रममा नेपाली कांग्रेस बेथानचोकका सभापति एवं गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेम बहादुर तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टी बेथानचोकका सभापति भीमप्रसाद तिमल्सिना, नेकपा एमालेका प्रतिनिधि बेदप्रसाद तिमल्सिनालगायतले बेथानचोक अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा भएकोप्रति खुशी व्यक्त गर्दै शुभकामना दिएका थिए।









-(86)-1764936079.jpg)


-1764760320.jpg)