इजरायली र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी
सो अवसरमा दुबै नेताले अब्राहम सम्झौताको विस्तार र नेगेभ फोरमको लागि मिति तय गर्ने बारे छलफल गरेको बताइएको छ।जेरुसेलम, असार १३ : इजरायलका विदेशमन्त्री एली कोहेनले मङ्गलबार साँझ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग कुराकानी गरेका छन्।
सो अवसरमा दुबै नेताले अब्राहम सम्झौताको विस्तार र नेगेभ फोरमको लागि मिति तय गर्ने बारे छलफल गरेको बताइएको छ।
इजरायलसँगको कूटनीतिक सम्बन्ध सामान्यीकरण प्रक्रियामा जोडिन चाहाने थप देशहरूको सहभागिताको बारेमा पनि छलफल भएको बताइएको छ।
कोहेनले प्यालेस्टिनी आतङ्कवादको बिरूद्ध लड्ने र आफ्ना नागरिकहरूको सुरक्षाको लागि तम्तयार रहने पनि प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
छलफलमा इरानको आणविक कार्यक्रम विरुद्धको लडाइँलाई प्रवर्द्धन गर्दै इजरायली नागरिकहरूलाई अमेरिका भ्रमण सहजीकरण गर्ने प्रक्रियाको प्रगतिको बारेमा पनि छलफल गरिएको छ।
प्रकाशित मिति: १७:३२ बजे, बुधबार, असार १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा यात्रु बसमा आक्रमण, ४१ जनाको मृत्युशुक्रबार, मंसिर ७, २०८१