Kathmandu Press

बिरामी बोक्ने एम्बुलेन्समा मरेको चित्तल

बैतडी, माघ २७ : सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको छ।

सामाजिक विकास मन्त्रालयले डिलासैनी गाउ....

बिरामी बोक्ने एम्बुलेन्समा मरेको चित्तल

बैतडी, माघ २७ : सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको छ।

सामाजिक विकास मन्त्रालयले डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरी सञ्चालनमा ल्याइएको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको हो।

Hardik ivf

आइतबार कञ्चनपुरबाट डिलासैनी गाउँपालिकातर्फ जाँदै गरेको सु प प्र ०१ ००१ झ ३४६ नम्बरको एम्बुलेन्समा मरेको चित्तल फेला परेको प्रहरी निरीक्षक खगेन्द्र साउदले बताए।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जाँच गर्दा एम्बुलेन्समा चित्तल फेला परेको उनले बताए। चित्तल कहाँबाट ल्याइएको भन्ने खुल्न सकेको छैन।

एम्बुलेन्ससहित चालक महेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। चित्तल वन कार्यालयलाई बुझाइएको र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले गत कात्तिकमा डिलासैनीसहित १६ स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो। 

प्रकाशित मिति: १०:१७ बजे, सोमबार, माघ २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्