Kathmandu Press

पचास प्रतिशतभन्दा बढी पाकिस्तानी गुणस्तरीय शिक्षाका लागि आशावादी

'तपाईंको विचारमा, युवाहरूको वर्तमान शिक्षाले उनीहरूलाई आदर्श बनाउन कत्तिको मद्दत गर्न सक्छ रु भविष्यमा जागिरकस्तो मिल्न सक्छ?'
पचास प्रतिशतभन्दा बढी पाकिस्तानी गुणस्तरीय शिक्षाका लागि आशावादी

इस्लामाबाद, असार १३ : हालैको एक अध्ययनले ५० प्रतिशतभन्दा बढी पाकिस्तानीले युवाको हालको शिक्षाले उनीहरूलाई भविष्यमा एक आदर्श जागिर पाउन धेरै मद्दत गर्न सक्ने विश्वास गरेका छन्।

मङ्गलबार जारी गरिएको ग्यालप र गिलानी पाकिस्तानको राष्ट्रिय सर्वेक्षणमा देशभरका वयस्क पुरुष र महिलाको राष्ट्रिय प्रतिनिधि नमूनालाई प्रश्न सोधिएको थियो, 'तपाईंको विचारमा, युवाहरूको वर्तमान शिक्षाले उनीहरूलाई आदर्श बनाउन कत्तिको मद्दत गर्न सक्छ रु भविष्यमा जागिरकस्तो मिल्न सक्छ?'

यस्ता प्रश्नको जवाफमा सर्वेक्षणले ५३ प्रतिशतले गुणस्तरीय शिक्षाले मद्दत गर्ने बताएका छन्। यसैगरी २४ प्रतिशतले केही हदसम्म मद्दत गर्ने प्रतिक्रिया दिएका छन् जबकि १६ प्रतिशतले यसले कुनै पनि मद्दत नगर्ने धारणा राखेका छन् त्यस्तै ७ प्रतिशतले कुनै प्रतिक्रिया दिएनन्।

प्रकाशित मिति: १६:०२ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्