Kathmandu Press

तीनवटा अष्ट्रेलियाली विश्वविद्यालय शीर्ष २० मा प्रवेश

तीनवटा अष्ट्रेलियाली विश्वविद्यालय शीर्ष २० मा प्रवेश

क्यानबेरा, असार १३ : क्वाक्वेरेली साइमन्ड्स (क्युएस) विश्व विश्वविद्यालयले र्‍यांकिङमा बुधबार अष्ट्रेलियाका तीन विश्वविद्यालयले पहिलो पटक शीर्ष २० मा प्रवेश पाएका छन् ।

मेलबर्न विश्वविद्यालय १४औं स्थानमा परेको छ भने सिड्नी विश्वविद्यालय र न्यु साउथ वेल्स विश्वविद्यालय १९औं स्थानमा छन्।

अष्ट्रेलिया विश्वविद्यालयकी प्रमुख कार्यकारी क्याट्रिओना ज्याक्सनले 'आजका उत्कृष्ट नतिजाहरूले अष्ट्रेलियाका विश्वविद्यालयलाई विश्वव्यापी शैक्षिक प्रतिस्पर्धामा अगाडि उभ्याएको' बताएकी छन्।

उनका अनुसार र्‍यांकिङ प्रणालीले रोजगारीको नतिजा, दिगोपन र अन्तराष्ट्रिय अनुसन्धान सहकार्यलाई नयाँ सूचकका रूपमा प्रस्तुत गर्नेछ।

प्रकाशित मिति: ११:५८ बजे, बुधबार, असार १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्