'रुसले युक्रेनमा ७७ नागरिक बन्दीलाई मृत्युदण्ड दियो'

जेनेभा, असार १२ः रुसले युक्रेनमा स्वेच्छाचारी नजरबन्दमा राखिएका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसंघले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
युक्रेनमा संयुक्त राष्ट्रसंघ मानवअधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले जेनेभामा पत्रकार सम्मेलनमा भनेका साे जानकारी दिएकी हुन् ।
'हामीले रुसी संघले मनमानी ढंगले हिरासतमा राखेका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको विषयको सारांश दस्तावेजीकरण गरेका छौ,' बाेगनरले भने ।
प्रकाशित मिति: १९:०८ बजे, मंगलबार, असार १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












