Kathmandu Press

नारायण–सत्यरुपा गिरी बंशावली समाजको प्रथम साधारणसभा र बंशावली पुस्तक विमोचन

नारायण–सत्यरुपा गिरी बंशावली समाजको प्रथम साधारणसभा र बंशावली पुस्तक विमोचन

काठमाडाैं, असार ११ : नारायण–सत्यरुपा गिरी बंशावली समाजको प्रथम साधारणसभा भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौमा सम्पन्न समाजको साधारणसभामा बंशावली समाजको इतिहास, पारिवारिक विवरण र छरिएर रहेका सन्ततीहरुको विस्तृत विवरण समेटिएको पुस्तकसमेत विमोचन गरिएको थियो।

समाजका अध्यक्ष ध्रुवराज गिरीको सभापतित्वमा सम्पन्न साधारणसभामा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य एवं प्राज्ञ डा. मधुसुदन गिरीको प्रमुख आतिथ्यता तथा नेपाल दशनामी समाजका केन्द्रिय उपाध्यक्ष हिमाल गिरीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा अतिथिकारुपमा हिरा गिरी, साधुराम गिरी, चुडा प्रसाद चौलागाईलगायत समाजका जेष्ठ सदस्यहरु एवं विशिष्ट व्यक्तित्वहरु उपस्थित थिए।

प्रमुख अतिथी तथा प्राज्ञ डा. मदुसुदन गिरीले बंशावली समाजले तयार गरेको पुस्तक ऐतिहासिक रहेको बताउँदै छरिएर रहेका सन्तान एकत्रित गर्ने र आफ्नो बंशजको इतिहास भावि पुस्ताका लागि छाड्ने यो कदम उदाहरणीय रहेको बताए।

Hardik ivf

यस्तै विक्रमराज गिरीले बंशावलीले आफूले गर्न सक्ने सहयोग आफ्नाका साथै बाहिर निस्किएर पनि गर्न सक्ने बन्नुपर्ने बताए। यस्तै बंशावली समाजको परिकल्पना गरेर सुरुवात गर्ने अग्रजहरुप्रति आभार प्रकट गर्दे डा. रविन्द्र गिरीले झण्डै २ सय १५ वर्ष अघिको पुस्ताका छरिएर रहेका सन्तानहरुलाई एकतामा बाध्ने काम अनुकरणीय रहेको बताए।

नेपाल दशनामी समाजका उपाध्यक्ष हिमाल गिरीले बंशावलीले एउटा वंश बृक्षको निरन्तरतालाई अगाडि बढाउने बर यो भावि सन्ततीका लागि पनि ज्यादै महत्वपूर्ण र जरुरी रहेको बताए। उनले बंशावली हाडनाता नमिचियोस भनेर पनि तयार गरिने बताउनुहुदै यसले आफ्ना नाताकुटुम्बलाई एकताको सुत्रमा बाध्ने काम गर्ने धारणा राखे।

समाजका सचिव हरिराम गिरीले संचालन गरेको साधारणसभामा अध्यक्ष ध्रुवराज गिरीले समाजको अहिलेसम्मको गतिविधी र प्रगतिविवरण प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्षको आर्थिक प्रतिवेदन देव गिरीले प्रस्तुत गरेका थिए।
जेष्ठ सदस्यहरुलाई खादा ओडाएर सम्मान गरिनुका साथै समाजको अक्षयकोषमा सहयोग पु¥याउने सदस्यहरुलाई प्रमाणपत्र र खादाले सम्मान समेत गरिएको थियो । कार्यक्रममा बंशावली सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

साधारणसभाले आगामी कार्यकालका लागि तदर्थ समितिका अध्यक्ष ध्रुवराज गिरीको अध्यक्षतामा तदर्थ समितिलाई नै नयाँ कार्यसमितिमा अनुमोदन गरेको छ।

जस अनुसार बरिष्ठ उपाध्यक्षमा माधवराज गिरी, उपाध्यक्षमा यादवराज गिरी, सचिवमा हरिराम गिरी, कोषाध्यक्षमा यसोधा कार्की गिरी, सहसचिवमा दिपकराज गिरी तथा सदस्यहरुमा देव कुमार गिरी, रीत ागिरी, कल्पना गिरी, अर्जुन गिरी र अकुर गिरी चयन भएका छन्।

सिन्धुपाल्चोकको पाल्चोक भोर्ले भन्ने ठाँउबाट वि.सं. १८७० ताका नारायण गिरी र सत्यरुपा गिरीको सन्तानहरु काभ्रेको चौरीदेउराली हुदै विभिन्न जिल्लामा पुगेकोमा उनीहरुलाई एकत्रित गरेर एकआपसमा भाईचाराको सम्वन्ध स्थापना गर्न नारायण–सत्यरुपा गिरी बंशावली समाज गठन गरिएको हो।  

 

प्रकाशित मिति: २०:२० बजे, सोमबार, असार ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्