ग्लोबल आइएमई बैंकका कर्मचारीलाई ‘वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन तालिम’

काठमाडाैं, असार ११ः अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)द्वारा ग्लोबल आइएमई बैंक लिमिटेड, कर्जा विभागमा कार्यरत करिब ४०० जना कर्मचारीलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम प्रदान गरेको छ । उक्त तालिम ग्लोबल आइएमई बैक र अन्तर्राष्ट्रिय वित्तिय निगमको सहकार्यमा सम्पन्न भएको हो ।
आइएफसी परफरमेन्स स्टयान्डर्डस् र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित तालिम आइएफसीका वातावरण तथा सामाजिक जोखिम विज्ञहरुले सञ्चालन गरेका थिए ।
अन्तर्राष्ट्रिय रुपमा प्रयोग भइरहेका असल वातावरण तथा सामाजिक अभ्यास, संस्थागत शुसासन लगायतका विषयहरुबाट बैंकको कर्जा विभागमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्घि भई समग्र बैंकिंग क्षेत्र लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: १४:५५ बजे, सोमबार, असार ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











