सम्पदा पुनर्निर्माणको काम तोकिएकै समयमा सकिन्छ : मन्त्री भट्टराई
काठमाडौं, माघ २६ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भटराईले नेपालका सम्पदाको माध्यमबाट पर्यटकलाई आकर्षण गर्न सकिने बताएका छन्।&nb....

काठमाडौं, माघ २६ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भटराईले नेपालका सम्पदाको माध्यमबाट पर्यटकलाई आकर्षण गर्न सकिने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले काठमाडौं उपत्यकामा रहेका तीन मुख्य सम्पदा स्थलको रात्रिकालीन अवकोलनका लागि आवश्यक तयारी भएकाले विश्व सम्पदा स्थल जोड्ने गरी साइकल लेन बनाइने बताए।
उनले नेपालका सम्पदा स्थलका रात्रिकालीन अवलोकन गर्न इच्छुक पर्यटकका लागि भक्तपुरका सम्पदा स्थलमा लाइटिङ जडानको काम भइरहेको बताए। हनुमानढोका र पाटन दरबार क्षेत्रमा पनि रात्रिकालीन अवलोकनका लागि आवश्यक काम भइरहेको उनले बताए।
मन्त्री भट्टराईले नेपाल मानव सभ्यता र संस्कृतिको अध्ययनको दृष्टिले विश्वको गन्तव्यस्थल रहेको बताए। युनेस्कोले पठाउने हरेक मोनिटरिङमा नेपाल सफल हुने दाबी उनले गरे। उनले विश्व सम्पदा स्थलमा राखिएका यतिका मूर्ति हटाउने काम भइसकेको बताए। भ्रमण वर्षका लागि बनाइएका यतिले गलत सन्देश दिने भन्दै उनले यतिको पुरानै स्वरुपमा मूर्ति बनाउन सचिवालयलाई निर्देशन दिइसकेको बताए।
सम्पदा पुनर्निर्माणको काम समेत तोकिएको समयमा पूरा हुने उनको भनाइ छ। पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमका अनुसार २०७२ सालको गोरखा भूकम्पवाट क्षति भएका ९ सय सम्पदामध्ये हालसम्म चार सय सम्पदाको पुनर्निर्माण सम्पन्न भएका छन्।
हालसम्म पुनर्निर्माणको ६० प्रतिशत काम सकिएको छ भने अबको दुई वर्षमा पुनर्निर्माण सम्पन्न हुने बताइएको छ।










-1754206481.jpg)
