Kathmandu Press

सर्पलाई घाँटीमा बेर्दा एक जनाकाे मृत्यु

मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए।
सर्पलाई घाँटीमा बेर्दा एक जनाकाे मृत्यु

झापा, असार ११ : सर्प दंशका कारण झापामा एक व्यक्तिको मृत्यु भएको छ।

मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–२ पाराखोपी निवासी ३२ वर्षीय शम्भु राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए।

Hardik ivf

आइतबार राति घरको ढोकामा सर्प देखेपछि राजवंशीले सर्प समातेर घाँटीमा बेरेका र सोही क्रममा उनलाई सर्पले डसेको बताइएको छ। 

मदिरा सेवन गरेर नसा लागेको बेलामा उनले सर्प समातेका र सर्पलाई घाँटीमा बेरेपछि दुवै हातमा सर्पले डसेको थियो।

सर्पको डसाइबाट सख्त भएका उनलाई राति नै चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १२:२८ बजे, सोमबार, असार ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्