Kathmandu Press

सरकारले भरतपुर रंगशाला आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने

सरकारले भरतपुर रंगशाला आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने

चितवन, असार १०ः युवा तथा खेलकुद मन्त्री डिकबाहदुर लिम्बूले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय रंगशालालाई सरकारले आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने बताएका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ बजेट विनियोजन विषयक छलफलमा मन्त्री लिम्बूले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण प्रक्रियाका अगाडि बढाएको निमार्णाधीन रंगशालाको सरकारले स्वामित्व ग्रहण गर्ने र थप बजेट विनियोजन गरी निर्माण कार्य अगाडि बढाउने बताए । 

प्रकाशित मिति: १९:१४ बजे, आइतबार, असार १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्