धनगढी उपमहानगरपालिकाको बजेट १ अर्ब ९३ करोड
आइतबारको नगरसभा बैठकमा उपप्रमुख कन्दकला रानाले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ १ अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ र पुँजीगत खर्चतर्फ तर्फ ७८ करोड ६५ लाख २७ हजार विनियोजन गरिएको छ।
धनगढी, असार १० : धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि एक अर्ब ९३ करोड ८ लाख २४ हजार रुपैयाँको बजेट ल्याएको छ।
आइतबारको नगरसभा बैठकमा उपप्रमुख कन्दकला रानाले प्रस्तुत गरेको बजेटमा चालु खर्चतर्फ १ अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ र पुँजीगत खर्चतर्फ तर्फ ७८ करोड ६५ लाख २७ हजार विनियोजन गरिएको छ।
बजेटको स्रोतमा आन्तरिक आयको ३५ करोड ४३ लाख ३० हजार, राजश्व बाँडफाँडबाट प्राप्त हुने ४६ करोड ९७ लाख ९४ हजार, संघीय सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ९२ करोड ५० लाख, प्रदेश सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ ५ करोड ३२ लाख १२ हजार र चालु आर्थिक वर्षको दायित्व सरी आउने १२ करोड ५० लाख रुपैयाँ रहेको छ ।
प्रकाशित मिति: १८:०४ बजे, आइतबार, असार १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार