Kathmandu Press

ललितपुर महानगरपालिकाकाे बजेट ६ अर्ब ५० करोड ५ लाख

क्रिस्टल पार्टी प्यालेस मानभवनमा गरिएको तेस्रो नगरसभामा महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले बजेट प्रस्तुत गरिन्।
ललितपुर महानगरपालिकाकाे बजेट ६ अर्ब ५० करोड ५ लाख

ललितपुर, असार १० : ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ।

क्रिस्टल पार्टी प्यालेस मानभवनमा गरिएको तेस्रो नगरसभामा महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले बजेट प्रस्तुत गरिन्।

महानगरले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २ अर्ब ४९ करोड ८४ लाखको बजेट विनियाेजन गरेको छ।

ललितपुरले सडक पूर्वाधार, सम्पदा संरक्षण, एक वडा एक उद्यान, एक घर एक बोट, स्मार्ट स्ट्रिट लाइट, प्रत्येक वडामा सार्वजनिक शौचालय, अपाङ्गमैत्री फुटपाथ लगायत विषयलाई प्राथमिकतामा राखेको छ।

प्रकाशित मिति: १६:३५ बजे, आइतबार, असार १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्