कानुनमन्त्री गुरुङद्वारा वार्षिक प्रतिवेदन पेस
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रतिवेदन पेस गरेका हुन्।
काठमाडाैं, असार १० : राष्ट्रियसभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन २०७८र७९, महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रतिवेदन पेस गरेका हुन्।
कानुनमन्त्री गुरुङले नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७८र७९ पेस गर्नुभएको हो।
त्यस्तै, महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन २०७९, राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन २०७८र७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७८र७९ पेस गर्नुभएको छ ।
कानुनमन्त्री गुरुङले आजै मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० पनि राष्ट्रियसभा समक्ष पेस गर्नुभएको छ ।