Kathmandu Press

लुम्बिनीमा बज्रयान महाबिहार बनाउन काठमाडाैं महानगरकाे चार करोड सहयोग

काठमाडौं, माघ २६ : गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा नेपाली संस्कृति र परम्परा झल्किने नेपाल बज्रयान महाविहार निर्माण गरिने भएको छ। त्यसको अधुरो काम पूर....

लुम्बिनीमा बज्रयान महाबिहार बनाउन काठमाडाैं महानगरकाे चार करोड सहयोग

काठमाडौं, माघ २६ : गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा नेपाली संस्कृति र परम्परा झल्किने नेपाल बज्रयान महाविहार निर्माण गरिने भएको छ। त्यसको अधुरो काम पूरा गर्न काठमाडौं महानगरपालिकाले चार करोडभन्दा बढी सहयोग गरेको छ।

लुम्बिनीमा विभिन्न देशले आ–आफ्नै शैलीका महाविहार निर्माण गरे पनि नेपाली शैली झल्किने महाविहार रहेको थिएन्। त्यसैले नेपाल परम्परागत बौद्ध धर्म संघ र नेपाल बज्रयान महाविहार संचालक समितिले नेपालको मौलिक बुद्धर्धमलाई समेत प्राथमिकता दिँ २०६८ ब्रजयान महाविहार निर्माण सुरु गरेको थियो।

Hardik ivf

स्वदेशी अनुदानमै नेपालको कला–संस्कृति र बौद्धधर्मको पहिचानलाई विश्वासामू चिनाउने गरी महाविहार निर्माण सुरु गरे पनि आर्थिक अभावले समयमै सम्पन्न गर्न सकिएको थिएन्। त्यसका लागि काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ।

महाविहारको कलात्मक आँखिझ्याल र प्रवेशद्वार निर्माणका लागि महाविहार संचालक समितिका अध्यक्ष प्रा.डा.नरेशमान बज्राचार्यलाई काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले चार करोड २९ लाख १८ हजारको चेक हस्तान्तरण गरेका छन्।

चेक हस्तान्तरणपछि सम्वोधन गर्दै मेयर शाक्यले नेपाल गौतमबुद्ध र सगरमाथाको देशका रुपमा विश्वसामू परिचित भएको भन्दै लुम्बिनीमा नेपालको कला, संस्कृति र सम्पदा झल्किने गरी महाविहार निर्माणका लागि काठमाडौँ महानगरपालिकाले कार्यक्षेत्र भन्दा बाहिर गएर अनुदान दिएको बताए।  

काठमाडौं महानगरपालिका संघीय राजधानी भएको ठाउँको पनि महानगरपालिका भएकाले अन्य स्थानीय तहको भन्दा अलिक बढी नै जिम्मेवारी हुने उनको भनाइ थियो।

‘लुम्बिनी सारा नेपालीको गौरव हो,’ मेयर शाक्यले भने,  ‘महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने अधिकांश सम्पदा पुर्ननिर्माणको कामलाई तिव्रता दिएको छ। विश्वका सामू पनि गौरव गर्ने लुम्बिनीमा नेपाल बज्रयान महाविहार निर्माणका लागि सानो रकम अनुदान दिन पाउँदा खुशी लागेको छ।’

 

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, माघ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्