काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोडको बजेट
महानगरका उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको उक्त बजेट चालु आ.व.को भन्दा १३ करोडले धेरै हो।काठमाडौं, असार १० : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८०÷८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
महानगरका उपप्रमुख सुनिता डंगोलले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको उक्त बजेट चालु आ.व.को भन्दा १३ करोडले धेरै हो। आइतबार बसेको १३ औँ नगरसभामा उपप्रमुख डंगोलले चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार बजेट छुट्याइएको बताइन्।
महाजगरले पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरेको छ। महानगरले चालु आर्थिक वर्षका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको थियो।
बजेटको सबैभन्दा ठुलो स्रोत बैंक मौज्दात रहेको छ । महानगरको बैंक मौज्दात ११ अर्ब ७५ करोड रुपैयाँ छ। संघीय सरकार र प्रदेश सरकारको ससर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निःसर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने जनाइएकाे छ।
उपप्रमुख डंगोलले सरल र सुलभ रुपमा स्वास्थ्य सेवा दिने र सहुलियत दरमा औषधी उपलव्ध गराउन योजना तर्जुमा गरिएको बताइन्।
उनले वडा समितिको काम कतव्र्य र अधिकारलाई अझ प्रभावकारी बनाउन केहि कार्यक्रम वडा बाटै सञ्चालन गर्न दुई अर्व भन्दा बढि बिनियोजन गरिएको जानकारी दिइन्।
विपद व्यवस्थापन सम्बन्धी कार्यक्रम र आवश्यक उपकरण खरिद गर्न ३ करोड भन्दा बढी विनियोजन गरिएको उनले बताइन्।
त्यस्तै महानगरकी उपप्रमुख डंगोलले वातावरणमैत्री, लैंगिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवद्र्धनलाई आगामी बर्षको बजेटमा प्राथमिकताका राख अघि बढाइने बताइन्।