Kathmandu Press

पछि हट्दै वाग्नर, टर्यो रुसमा पुुटिनविरुद्धको 'कू'

पछि हट्दै वाग्नर, टर्यो रुसमा पुुटिनविरुद्धको 'कू'

काठमाडौं, असार १०ः रुसमा पुुटिनविरुद्ध 'कू' गर्ने नियतले अघि बढिरहेको निजी सैन्य समूह वागनर नाटकीय रुपमा पछि हटेको छ । विद्रोहको धम्की दिएको २४ घण्टामै वागनर समूह पछि हट्न सुरु गरेको हो ।

यससँगै रुसमा नाटकीय र तनावपूर्ण दिन अन्त्य भएको बीबीसीले जनाएको छ ।

Hardik ivf

वागनर भाडाका सैनिकहरुको समूह हो । यो समूहका लडाकुहरु पैसाका लागि लड्छन् । रुसले वागनरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ । युक्रेन विरुद्धको लडाइँमा रुसी सेनाले आफूहरुलाई पर्याप्त हतियार नदिएको वागनर समूहको गुनासो छ । साथै मिसाइल आक्रमण पनि आफ्नै भूमिमा गराएको भन्दै वागनर समूह असन्तुष्ट छ ।

यिनै असन्तुष्टिका बीच वागनर समूह युक्रेनबाट फर्किएर रुसकै रोस्तोव शहर कब्जा गरेर बसेको थियो । आफ्ना कुराको सुनुवाइ नभए राजधानी मस्को प्रवेश गर्ने भनेर धम्की दिएपछि रुसमा हलचल मच्चिएको थियो ।

वागनर समूहले क्षेत्रीय सैन्य कमाण्ड र मस्को जाने बाटोमा पर्ने वोरोनेज शहरमा रहेको सैन्य इलाका कब्जा गरिसकेको थियो । राजधानी मस्कोतर्फ मार्चसमेत सुरु गरेपछि मस्कोमा उच्च सतर्कता अपनाइएको थियो भने ठूला सार्वजनिक समारोहहरु सबै स्थगित गरिएको थियो ।

वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले रक्तपात रोक्नका लागि आफ्ना लडाकुलाई युक्रेन नै फर्किन भनिएको जानकारी दिएको बीबीसीले जनाएको छ । रुसको सरकारी मिडिया रिपोर्टका अनुसार प्रिगोजिन अब बेलारुस जाने छन् । साथै उनी र वागनर समूहका लडाकुहरुविरुद्ध लगाइएका आरोपहरु पनि सरकारले फिर्ता लिने छ ।

वागनर समूहको विद्रोहको धम्की सार्वजनिक भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि रुसलाई धोका दिने हरेक व्यक्तिले दण्ड सजाय भोग्नुपर्ने चेतावनी दिएका थिए ।

वागनर समूहको नेतृत्व गरेका येवगेनी प्रिगोजिन पुटिनका निकट र विश्वासपात्र व्यक्ति मानिन्थे । त्यसैले निजी लडाकु समूह वागनरको नेतृत्व पनि पुटिनले प्रिगोजिनलाई दिएका थिए । तर युक्रेनविरुद्ध लडाइँ सुरु भएपछि प्रिगोजिनले पुटिनको खुलेर आलोचना गर्दै आएका थिए ।

प्रकाशित मिति: ११:२२ बजे, आइतबार, असार १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्