Kathmandu Press

युएईका विदेशमन्त्री र बेलायती विदेश राष्ट्रमण्डल प्रतिनिधिबीच भेटवार्ता

उनी बेलायत विदेश राष्ट्रमण्डल र विकास कार्यालय एवम् द्वन्द्व रोकथाम विषयमा प्रधानमन्त्रीका विशेष प्रतिनिधि हुन्। 
युएईका विदेशमन्त्री र बेलायती विदेश राष्ट्रमण्डल प्रतिनिधिबीच भेटवार्ता

अबुधाबी, असार ९ :  युएईका विदेश मन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानले मध्यपूर्व, उत्तर अफ्रिका, दक्षिण एसिया र संयुक्त सङ्घका राज्यमन्त्री लर्ड तारिक अहमदसँग भेटवार्ता गरेका छन्।

उनी बेलायत विदेश राष्ट्रमण्डल र विकास कार्यालय एवम् द्वन्द्व रोकथाम विषयमा प्रधानमन्त्रीका विशेष प्रतिनिधि हुन्। 

Hardik ivf

अबुधाबीमा भएको भेटवार्तामा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र आपसी सहयोग र साझेदारीको समीक्षा भएको बताइएको छ।

उनीहरूबीच आपसी हितका विभिन्न विषय, द्वन्द्वग्रस्त क्षेत्रमा नागरिकको सुरक्षा, उनीहरूलाई सहयोग र मानवीय प्रतिक्रिया प्रदान गर्ने बारे पनि छलफल गरेका थिए।

सो अवसरमा अन्तरराष्ट्रिय सङ्गठनको ढाँचामा संयुक्त सहयोगको समीक्षा, विकास र समृद्धिका लागि जनताको आकाङ्क्षा पूरा गर्नुका साथै विभिन्न क्षेत्र, विश्वको सुरक्षा, शान्ति र स्थिरता अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको थियो।

शेख अब्दुल्लाह बिन जायद, लर्ड तारिक अहमद बीच युएई–युके सम्बन्धको गहिराइ, विभिन्न क्षेत्रमा दुई देशद्वारा प्राप्त विशिष्ट रणनीतिक साझेदारीमा जोड दिइएको बताइएको छ।

प्रकाशित मिति: १७:४३ बजे, शनिबार, असार ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्