Kathmandu Press

दिल्लीमा फेरि केजरिवाल सत्तामा आउने सम्भावना

काठमाडौं, माघ २६ : भारतको राजधानी दिल्लीमा फेरि अरविन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टी (आप) सत्तामा आउने विभिन्न इक्जिट पोलले सम्भावना देखाएका छन्।....

दिल्लीमा फेरि केजरिवाल सत्तामा आउने सम्भावना

काठमाडौं, माघ २६ : भारतको राजधानी दिल्लीमा फेरि अरविन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टी (आप) सत्तामा आउने विभिन्न इक्जिट पोलले सम्भावना देखाएका छन्।

दिल्लीमा शनिबार निर्वाचन भएपछि तीनवटा इक्जिट पोलले आप नै सत्तामा आउने  प्रक्षेपण गरेका हुन्। टाइम्स नाउ आईपीएसओएसका अनुसार, ७० सिटको विधानसभामा केजरिवालको आपले ४४ देखि ५० सिट जित्ने अनुमान गरेको छ।

त्यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले २० देखि २६ र कांग्रेसले एक सिट पनि नजित्ने देखाएको छ।

यसैगरि, इन्डिया टुडे माई इक्जिट पोलका अनुसार, केजरिवालले ५९ देखि ६८ सिटसम्म जित्नसक्ने छन्। त्यस्तै, भाजपाले दुईदेखि ११ सिटसम्म जित्नसक्ने छ भने कांग्रेसले कुनै पनि सिट नजित्ने प्रक्षेपण गरेको छ।

यसैगरि, एवीपी न्यूज सीभोटरले केजरिवालले ५१ देखि ६५ सिट जित्नेछ भने भाजपाले तीनदेखि १७ र कांग्रेसले चार सिटसम्म जित्ने देखाएको छ।

यस अघि सन् २०१५ को निर्वाचनमा केजरिवालले ७० मध्ये ६७ सिट जितेर सरकार बनाएका थिए। उनी फेरि दिल्लीको सत्तामा आउने अनुमान गरिएपछि बधाइ दिन थालिएको छ।

 

प्रकाशित मिति: ११:१४ बजे, आइतबार, माघ २६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्