वनभोज गएका युवक राप्ती नदीमा डुबेर बेपत्ता
नेपालगञ्ज, माघ २६ : बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एक व्यक्ति राप्ती नदीमा डुबेर बेपत्ता भएका छन्।
कोहलप....

नेपालगञ्ज, माघ २६ : बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एक व्यक्ति राप्ती नदीमा डुबेर बेपत्ता भएका छन्।
कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा वनभोजपछि नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।
शनिबार अपराह्न बेपत्ता भएका उनलाई आइतबार बिहानसम्म फेला पार्न नसकिएको प्रनाउ चन्दले बताए। उनको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन्।
प्रकाशित मिति: १०:४८ बजे, आइतबार, माघ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)