‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा २० जना मारिए
काठमाडौं, माघ २६ : थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा २० जना व्यक्तिको मृत्यु भएक....

काठमाडौं, माघ २६ : थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोन रत्चासिमामा एक ‘थाई सैनिक’ले अन्धाधुन्ध गोली चलाउँदा २० जना व्यक्तिको मृत्यु भएको छ।
घटनामा दर्जनौ घाइते भएको जनाइएको छ ।
आक्रमणकारी सैनिकले आफू कार्यरतः सैनिक शिविरबाट एउटा स्वचालित हतियार ‘हुम्वी’ चोरेर शहर पसेका थिए। हतियारसहितका ती सैनिकले शहरको एउटा व्यापारिक केन्द्रमा प्रवेश गरी जथाभावी गोली चलाएका थिए। त्यसअघि उनले आफ्ना कमाण्डिङ अफिसरको हत्या गरेर हतियार चोरेको बताइएको छ। आक्रमणकारी भनिएका ती सैनिकले आक्रमणको क्रममा एउटा सेल्फी पनि लिएर सामाजिक सञ्जालमा राखेका प्रहरीले बताएको छ ।
हमलाकर्ता अहिले कतै लुकिरहेका छन् । स्वास्थ्यमन्त्री अनुतिन चर्नविराकुलले घटनास्थलमा १६ जनाको र अन्य चारजनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए । घटनामा घाइते भएकामध्ये १० को स्थिति गम्भीर रहेको बताइएको छ । मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । प्रहरीले सपिङ सेन्टर वरपर सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । आक्रमणको कारणबारे अनुसन्धान भइरहेको थाई प्रहरीले जनाएको छ ।





-1783061799.jpg)






