Kathmandu Press

नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रकुमार कुँवर

नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार कुँवरले उनका प्रत्यासी महेन्द्रप्रसाद यादवलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।
नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रकुमार कुँवर

काठमाडाैं, असार ७ : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको केन्द्रीय अध्यक्षमा योगेन्द्रकुमार कुँवर निर्वाचित भएका छन्।

नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतगणनामा अध्यक्षका उम्मेदवार कुँवरले उनका प्रत्यासी महेन्द्रप्रसाद यादवलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।

अध्यक्ष कुँवरले चार सय ४१ मत प्राप्त गर्दा यादवले तीन सय ८६ मत प्राप्त गरेकाे प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता योगेन्द्रबहादुर अधिकारीले जानकारी दिए। 

Hardik ivf

वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजङ्ग कार्की चार सय ६९, उपाध्यक्ष खुलातर्फ गणेशबहादुर केसी चार सय ३८, ज्योति कोइराला चार सय १८, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल तीन सय ९२, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा चार सय १२, उपाध्यक्ष (उत्पादन) ललितबहादुर श्रेष्ठ तीन सय ७५, उपाध्यक्ष (अनौपचारिक तथा स्वरोजगार) राजेश पालिखेले तीन सय ८६ मत ल्याई विजयी भएका छन्।

यस्तै महासचिवमा अजयकुमार राईले चार सय ६४, उपमहासचिव (खुला) बलदेव तामाङले चार सय ६९, जनार्दन भट्टराईले चार सय २८, महिला उपमहासचिव सुशीला घिमिरेले चार सय ३५, उपमहासचिव ९सेवा० देवदत्त बडुले चार सय ५७, उपमहासचिव (उत्पादन) कुलबहादुर खड्काले चार सय १६, उपमहासचिव (अनौपचारिक तथा स्वरोजगार) रुक्मणि थापा ९अर्चना०ले तीन सय ७६, कोषाध्यक्षमा सञ्जयकुमार दाहालले चार सय २१ र सहकोषाध्यक्षमा रशमाया गुरुङले तीन सय ९८ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए।

खुला सदस्यमा कमलबहादुर खत्री, कमलकुमार विष्ट, घनश्याम चापागाईं, टेकबहादुर सार्की, माधवप्रसाद उपाध्याय, विष्णुप्रसाद अधिकारी र सुजितविक्रम शाह, महिला सदस्यमा उर्मिलाकुमारी ढकाल पोखरेल, कविता अर्याल, ताराकुमारी राई कार्की, समिता कोइराला, शान्ति धाँमी र शान्ति सिंह (शाह) विजयी भएका छन्।

सदस्यमा अनिता मण्डल र भजनकुमारी ढुङ्गानाको बराबर मत आएको प्रमुख निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए। उक्त निर्वाचनले युवा समिति, महिला समितिसमेत चयन गरेको छ ।

२०४७ मा कर्मचारी युनियन दर्ता भएपछि कर्मचारी सञ्चय कोष कर्मचारी युनियनको तदर्थ समितिको सदस्यबाट ट्रेड युनियन आन्दोलनमा सहभागी हुनुभएका कुँवर विसं २०६५ मा नेपाल ट्रेड युनियन कांग्रेसको सदस्य, विसं २०७० मा कोषाध्यक्ष, २०७५ मा महासचिव निर्वाचित भएका थियो।

नवनिर्वाचित अध्यक्ष कुँवरले सामाजिक आन्दोलनलाई ट्रेड युनियन आन्दोलनसँग जोडेर अगाडि बढ्ने बताउनुभएको छ । निर्वाचित भएसँगै सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले श्रमिकलाई आर्थिक र सामाजिक रुपान्तरसँग जोडिने बताएका हुन्।

उनले आगामी दिनमा ट्रेड युनियन कांग्रेसको सङ्गठन विस्तार गरी त्यसको तागत र आवाजमा राज्यसँग सौदाबाजी गरेर अगाडि बढ्ने उल्लेख गरे। नवनिर्वाचित अध्यक्ष कुँवरले मुलुकको राष्ट्रिय मुद्दामा नियमनकारी निकायको भूमिकामा रहेर सामाजिक आन्दोलनलाई ट्रेड युनियन आन्दोलनसँग जोडेर अगाडि बढ्ने बताए।

बुधबार राति भएको मतदानमा देशभरका आठ सय ८० महाधिवेशन प्रतिनिधिले मतदानमा भाग लिएको थियो। उक्त निर्वाचनले पदाधिकारीसहित ४९ सदस्यीय कार्यसमिति चयन गरेको छ। 

प्रकाशित मिति: १८:२८ बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्