Kathmandu Press

कालीमाटीमा टमाटर फालेको विषयमा छानबिन थालिएकाे छ : कृषिमन्त्री

मन्त्री भुसालले काठमाडौंको कालिमाटीमा टमाटर फाल्ने कार्यमा किसानको सहभागिता नरहेको पाइएको भन्दै थप छानबिन भइरहेको जानकारी दिए।
कालीमाटीमा टमाटर फालेको विषयमा छानबिन थालिएकाे छ : कृषिमन्त्री

काठमाडौं, असार ६ : कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले काठमाडौंको कालीमाटीमा टमाटर फालेको विषयमा छानबिन सुरु गरिएको बताएका छन्।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री भुसालले काठमाडौंको कालिमाटीमा टमाटर फाल्ने कार्यमा किसानको सहभागिता नरहेको पाइएको भन्दै थप छानविन भइरहेको जानकारी दिए।

Hardik ivf

उनले टमाटर फाल्ने कार्य राजनीतिक प्रेरित हुन की भन्न आशंका आफुलाई भएको जिकिर गर्नुभयो । मन्त्री भुसालले किसानबाट न्यून मूल्यमा तरकारी खरिद गर्ने र उच्च भाउमा बेच्ने प्रवृतिलाई अन्त्य गर्न किसानबाट खरिद गर्ने मूल्य बढाउन र बिक्रि मूल्य घटाउन कालिमाटी तरकारी व्यवस्थापन समितिलाई निर्देशन दिएको भोलिपल्ट नै टमाटर फाल्ने काम भएको धारणा राखे।

उनले ७६ जिल्लामा लम्की स्किन रोगबाट महामारी फैलिएको र यसको उपचार कार्यलाई पनि तीव्रता दिएको जानकारी दिए। उपचारका अन्य विधि अपनाएर पशु चौपायालाई बचाउने काम भएको उनको भनाइ छ।

त्यस्तै मन्त्री भुसालले विउ खरिद, यान्त्रीकरण लगाएतका बिषयमा अनुदान यथावत रहेको र बाँकी अनुदानलाई उत्पादनका आधारमा वितरण गर्ने कार्ययोजना बनाइएको भन्दै विगतका भन्दा फरक ढंगले अनुदान दिने व्यवस्था गर्ने बताए। उनले किसानलाई आवश्यक मल आयातका लागि सरकारले आवश्यक पहल सुरु गरिसकेको र स्वदेशमा नै मल कारखाना खोल्नका लागि विभिन्न कम्पनीले अध्ययन सुरु गरेको जानकारी दिए।

समिति बैठकमा समिति सदस्यहरुले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न सरकारले आवश्यक बजारीकरणको व्यवस्था गर्नुपर्ने, बिगतको जस्तो मल अभावलाइ समयमा नै सम्बोधन गर्नुपर्ने लगाएतका सुझाव दिएका थिए। 

प्रकाशित मिति: १६:२२ बजे, बिहीबार, असार ७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्