ट्युनिसियामा रेल दुर्घटना : दुई जनाको मृत्यु, ३४ जना घाइते
ट्युनिसियन रेलवेको राष्ट्रिय कम्पनीले बुधबार जनाएअनुसार मध्यरातको केही समयपछि सोसे प्रान्तको मसाकेन शहर नजिकै सो रेल पटरीबाट खसेपछि दुर्घटना भएको हो। पीडित चालक र यात्रु रहेको एसएनसीएफटीले जनाएको छ।
ट्युनिस, असार ७ : पूर्वी मध्य ट्युनिसियामा रात्रिकालीन यात्रुवाहक रेल पटरीबाट खसेर पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ। साथै अन्य ३४ जना घाइते भएका छन्।
ट्युनिसियन रेलवेको राष्ट्रिय कम्पनीले बुधबार जनाएअनुसार मध्यरातको केही समयपछि सोसे प्रान्तको मसाकेन शहर नजिकै सो रेल पटरीबाट खसेपछि दुर्घटना भएको हो। पीडित चालक र यात्रु रहेको एसएनसीएफटीले जनाएको छ।
उक्त ट्रेन ट्युनिसियाको राजधानी ट्यनिसदेखि दक्षिणपूर्वी प्रान्त गाबेससम्मका लागि यात्रारत थियो। दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको एसएनसीएफटीले जनाएको छ।
प्रकाशित मिति: १५:०६ बजे, बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार