चीनको रेष्टुेन्टमा विस्फोट, ३१ जनाको मृत्यु
काठमाडौं, ७ असारः चीनको निङ्गसियास्थित एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । बुधबार राति निङ्गसिया हुई क्षेत्रको यिनचुआन शहरस्थित एक बार्बीक्यू रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको थियो ।
विस्फोटमा सात जना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार जारी छ ।
चिनियाँ राष्ट्रपति सी जिनफिङले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको शीघ्र उपचार गर्न र उद्योग क्षेत्रमा सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
चीनमा एयसअघि सन् २०१५ मा ग्यास र केमिकल प्लान्टमा श्रृंखलाबद्ध विष्फोट हुँदा १७३ जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: ०९:४५ बजे, बिहीबार, असार ७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा यात्रु बसमा आक्रमण, ४१ जनाको मृत्युशुक्रबार, मंसिर ७, २०८१