Kathmandu Press

हवाई इन्धनको मूल्य घटेसँगै घट्याे हवाई भाडा (सूचीसहित)

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भाडादर कायम गरेको हो। नयाँ भाडादर आज (बुधबार) देखि लागु भएको हो। 
हवाई इन्धनको मूल्य घटेसँगै घट्याे हवाई भाडा (सूचीसहित)

काठमाडौं, असार ६ : हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घटेको छ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भाडादर कायम गरेको हो। नयाँ भाडादर आज (बुधबार) देखि लागु भएको हो। 

निगमले मंगलबार हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ कायम गरेको थियो।

Hardik ivf

प्राधिकरणले काठमाडौंबाट छोटो दुरीमा रहेको सिमरामा ९० रुपैयाँदेखि काठमाडौंबाट टाढाको दूरीमा रहेको धनगढीको भाडा ४४५ रुपैयाँसम्म घटाएको छ। 

यस्तै काठमाडौं–भद्रपुरको ३००, काठमाण्डौ–विराटनगरको २४०, काठमाण्डौ–धनगढीको ४४५, काठमाडौं–नेपालगञ्जको ३२५, काठमाण्डौ–भैरहवाको २१० र काठमाण्डौ–सुर्खेतको भाडा ३४५ रुपैयाँले घटेको छ। त्यस्तै काठमाडौं–भद्रपुरको ३००, काठमाडौं–जनकपुरको १२५, काठमाडौं–पोखराको १६० रुपैयाँ घटेको छ। नयाँ दर अनुसार काठमाडौंबाट माउन्टेन फ्लाइटमा ३४० रुपैयाँ घटेको छ।

प्राधिकरणका अनुसार हवाई भाडामा प्रतिसिट प्रतिमिनेट ७९.७९ रुपैयाँका दरले ‘फ्यूल सरचार्ज’ लाग्ने गर्छ। जसअनुसार काठमाडौंबाट धनगढी उड्दा इन्धन खर्च मात्र ६ हजार ६२५ कायम हुन्छ। 

release_2_mO7H4nLU4E1687351054.jpg

release_1_083rjtAkBk1687351054.jpg

 

 

प्रकाशित मिति: १८:२० बजे, बुधबार, असार ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्