Kathmandu Press

गोलीबारीमा चार इजरायलीको मृत्यु

चारैजनालाई आपतकालीन उद्धारकर्ताहरूले घटनास्थलमै मृत घोषणा गरेका थिए।
गोलीबारीमा चार इजरायलीको मृत्यु

तेल अबिब, असार ६ : एली समुदाय नजिकैको ग्यास स्टेशनमा मङ्गलबार दुई प्यालेस्टाइनीहरूले गोली चलाउँदा चार इजरायलीको मृत्यु भएको छ  भने अन्य चार घाइते भएका छन्।

चारैजनालाई आपतकालीन उद्धारकर्ताहरूले घटनास्थलमै मृत घोषणा गरेका थिए। अन्य चारजनालाई अस्पतालमा भर्ना गरिएको छ जसमा एकको अवस्था गम्भीर छ, दुईजना सामान्य घाइते छन्। इजरायल डिफेन्स फोर्सले जनाए अनुसार चार जना घाइते मध्ये एक आम नागरिक  हुन्। 

Hardik ivf

सेनाले एलीको १,००० बासिन्दाहरूलाई उनीहरूको घरमा बस्न र ढोका र झ्यालहरू बन्द गर्न भनेको छ। यसैबीच रक्षा मन्त्री योभ ग्यालान्टले स्थितिबारे छलफल गर्न वरिष्ठ रक्षा अधिकारीहरूसँग बैठक गर्ने बताएका छन्।

आइतबार जेनिनमा भएको भीषण झडपपछि जुडिया र सामरियामा तनाव बढेको छ। सशस्त्र समूहहरूले सडक मुनि गाडिएको ४० किलो बम निस्तेज पारेको छ। यता हमासका प्रवक्ताले आक्रमणको प्रशंसा गरेका छन्।

प्रकाशित मिति: १५:५६ बजे, बुधबार, असार ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्