Kathmandu Press

दिवंगत मन्त्री सिंहको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीपछि बझाङ लगिने 

सिंहप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नका लागि प्रदेश सरकारले दिवंगत मन्त्री सिंहको शव बुधबार बिहान धनगढी रंगशालामा राखेको थियो।
दिवंगत मन्त्री सिंहको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीपछि बझाङ लगिने 

धनगढी, असार ६ : सडक दुर्घटनामा निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहित मन्त्री, सांसद नेता, कार्यकर्ता एवम् सर्वसाधारणले धनगढी रंगशालामा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। 

सिंहप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्नका लागि प्रदेश सरकारले दिवंगत मन्त्री सिंहको शव बुधबार बिहान धनगढी रंगशालामा राखेको थियो।

धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि सिंहको शव गृह जिल्ला बझाङ लगिँदै छ। दिवंगत सिंहको राजकीय सम्मानसहित श्रद्धाञ्जली अर्पण गरिएको छ। 

बझाङको केदारस्युँ गाउँपालिकामा मंगलवार सिंह सवार गाडी दुर्घटना हुँदा मन्त्री सिंह, पत्नी र भाउजूको पनि निधन भएको थियो। दुर्घटनामा घाइते चालक र पीएसओको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।
 
प्रकाशित मिति: १३:२७ बजे, बुधबार, असार ६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्