बाँकेमा बस र जीप ठोक्किँदा एकको मृत्यु, ६ जना घाइते
नेपालगञ्ज, माघ २५ : बाँकेमा बस र जीप एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।
कोहलपुरबाट बर्दिया....
नेपालगञ्ज, माघ २५ : बाँकेमा बस र जीप एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्।
कोहलपुरबाट बर्दियाको बबईतर्फ जाँदै गरेको भे १ च १६३१ नम्बरको जीपलाई सुर्खेतबाट आउँदै गरेको भे १ ख २७५९ नम्बरको बस नेपालगञ्ज सुर्खेत जोड्ने रत्नराजमार्गको देउराली नजिकै एकापसमा ठोक्किँएका हुन्।
दुर्घटनामा जीप चालक राजकुमार चौधरीको मृत्यु जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते बाँके बैजनाथ गाउँपालिका–२ निवासी चौधरीको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको बमले जानकारी दिए।
प्रकाशित मिति: १०:५५ बजे, शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१