Kathmandu Press

सुदूरपश्चिममा दुई पटक भूकम्पको धक्का महसुस 

काठमाडाैं, माघ २५ : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ।

शनिबार बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन....

सुदूरपश्चिममा दुई पटक भूकम्पको धक्का महसुस 

काठमाडाैं, माघ २५ : सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ।

शनिबार बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३.७ र ६ बजेर ४६ मिनेटमा भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा ५.३  रेक्टर स्केलको भूकम्प गएको 
भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।  
    
भूकम्पको धक्काको महसुस बैतडी, बझाङ, अछामलगायतका जिल्लामा गरिएको छ। केन्द्रका प्राविधिक सहायक (टेक्निकल असिष्टेन्ट) चन्दा शाहका अनुसार भूकम्पबाट कुनै पनि क्षति भएको छैन।  

प्रकाशित मिति: १०:४३ बजे, शनिबार, माघ २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्