Kathmandu Press

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव ५६ अंकले ओरालो लागेर दुई हजार ६४ दशमलब ८३ मा सीमित भएको छ। 
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडाैं, असार ५ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव ५६ अंकले ओरालो लागेर दुई हजार ६४ दशमलब ८३ मा सीमित भएको छ। 

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलब ३६ अंकले ओरालो लागेर तीन सय ८८ दशमलब शुन्य दुईमा सीमित भएको छ। 

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा १० उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ।

कुल एक करोड सात लाख ९२ हजार सात सय ४२ कित्ता शेयर रु चार अर्ब ११ करोड छ लाख छ हजार नौ सय ५३ मूल्यमा खरिद बिक्री भएका छन्। नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल पूर्वाधार बैंक शीर्ष स्थानमा छ। 

सो बैंकको  रु २० करोड ५७ लाख ५३ हजार नौ सय ६१ बराबरको कारोबार भयो। यस्तै, शिवम् सिमेन्ट रु १९ करोड ४४ लाख २७ हजार तीन सय २१, हिमालयन डिस्टिलरी रु १३ करोड ५९ लाख ८८ हजार तीन सय ७८,आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स रु १२ करोड ६० लाख ६९ हजार एक सय ८६ र शिव श्री हाइड्रोपावर रु ११ करोड ५७ लाख दुई हजार दुई सय ३३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्। 

नेप्सेका अनुसार, सिटी होटल र बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो। त्यस्तै, इन्ग्वा हाइड्रोपावर नौ दशमलब ९७, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो तीन दशमलब ८७ र ग्रीन भेञ्चर्स लिमिटेडका लगानीकर्ताले तीन दशमलब ८४ प्रतिशतले कमाएका छन्। 

यस्तै, युनिक नेपाल लघुवित्त नौ दशमलब ९९,सानिमा इक्विटी फण्ड आठ दशमलब ८९, माहुली लघुवित्त सात दशमलब ४८,मल्टिप्रपोज फाइनान्स छ दशमलब ३० र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले छ दशमलब  शून्य एक प्रतिशतले गुमाएका छन्।

प्रकाशित मिति: १७:१२ बजे, मंगलबार, असार ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्