२० घण्टापछि हेलिकप्टरमार्फत गर्भवतीको उद्धार
सिमकोट, माघ २५ : सुत्केरी व्यथा लागेकी एक गर्भवतीको २० घण्टापछि हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाबाट उद्धार गरिएको छ।
व्य....

सिमकोट, माघ २५ : सुत्केरी व्यथा लागेकी एक गर्भवतीको २० घण्टापछि हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाबाट उद्धार गरिएको छ।
व्यथाले च्यापेकी वडा नं ६ की ३५ वर्षीया याङ्जिन तामाङलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ।
सो गाउँ हिमालपारिको गाउँका रुपमा चिनिएको छ । सङ्घीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सुर्खेतबाट सेनाको हेलिकप्टरले मगाई उद्धार गएिको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिए।
व्यथा लागेको पछिल्लो दिन मात्र हेलिकप्टर आएर उद्धार गरेको बिरामीका श्रीमान् आङ्दिन तामाङले बताए। रासस
प्रकाशित मिति: १०:४० बजे, शनिबार, माघ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1793171455.jpg)










