Kathmandu Press

चीन र अमेरिकाबीच सहकार्य आवश्यक : चिनियाँ कूटनीतिज्ञ 

दुई मुलुकले ‘सहकार्य गर्ने वा द्वन्द्व’ भन्दा विश्व समुदायको चाहना अनुसार उनीहरूबीच कूटनीतिक मेल हुँदा विश्व समुदायलाई फाइदा हुन्छ।
चीन र अमेरिकाबीच सहकार्य आवश्यक : चिनियाँ कूटनीतिज्ञ 

बेइजिङ, असार ४ : बेइजिङका उच्च कूटनीतिज्ञ तथा विदेशमन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको कुराकानीमा दुई शक्तिशाली विश्व अर्थतन्त्रले सहकार्य गर्नु उत्तम विकल्प हुने बताएका छन्।

दुई मुलुकले ‘सहकार्य गर्ने वा द्वन्द्व’ भन्दा विश्व समुदायको चाहना अनुसार उनीहरूबीच कूटनीतिक मेल हुँदा विश्व समुदायलाई फाइदा हुन्छ।
 
'वार्ता र मुठभेड, सहयोग वा द्वन्द्वमध्ये कुनै एक रोज्नु आवश्यक छ,' चिनियाँ विदेशमन्त्री वाङ यीले ब्लिन्केनसँगको भेटमा भने। ब्लिन्केनले चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा विदेशमन्त्री वाङसँग तीन घण्टा कुराकानी गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

हालैका वर्षहरूमा विश्वका दुई ठूला अर्थतन्त्रभएका मुलुकहरूबीच व्यापार, प्रविधिदेखि ताइवानसम्मका विषयमा तनाव बढेको छ। चीनको सरकारी प्रसारक सीसीटिभीका अनुसार वाङले ब्लिन्केनलाई ताइवानसँग सम्झौता गर्ने कुनै ठाउँ नभएको बताउनुभएको छ। 

सीसीटीभीले भनेको छ, 'यस विषयमा चीनसँग सम्झौता गर्ने वा स्वीकार गर्ने ठाउँ छैन।' भेटमा वाङले आफ्ना अमेरिकी समकक्षी ब्लिङ्केनसँग एक चीन सिद्धान्त को वास्तविक पालना गर्नुपर्ने, चीनको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने र ‘ताइवानको स्वतन्त्रता’को स्पष्ट विरोध गर्नुपर्ने बताएको सीसीटिभीले जनाएको छ। 

प्रकाशित मिति: १२:३६ बजे, सोमबार, असार ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्