Kathmandu Press

युवा उद्यमी चलाउनेलाई मातृ शोक

युवा उद्यमी चलाउनेलाई मातृ शोक

काठमाडौं, असार २ : युवा उद्यमी एवं व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका सदस्य निराजनबहादुर चलाउनेलाई मातृ शोक परेको छ।

चलाउनेको आमा उज्जलीदेवी चलाउनेको ८२ वर्षको उमेरमा जेठ ३२ गते काठमाडौं कपनस्थित आफ्नै निवासमा निधन भएको हो। उनको पशुपति आर्यघाटमा शुक्रबार दाहसंस्कार गरिएको थियो ।

स्वर्गीय उज्जनीदेवीलाई श्रद्धान्जली दिन राजनीतिक दलका नेता, उद्यमी व्यवसायी तथा आफन्तजन ठूलो संख्यामा पशुपति आर्यघाट पुगेका थिए।

स्वर्गीय उज्जनीदेवीका दुई छोरा र छ छोरी छन् ।

प्रकाशित मिति: १८:२६ बजे, शनिबार, असार २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्