Kathmandu Press

सेनासँगको झडपमा फिलिपिन्समा तीन संदिग्ध विद्रोही मारिए

अगुसान डेल नोर्टे प्रान्तको बुटुआन शहरको बाहिरी भागमा शुक्रबार न्यि पिपुल्स आर्मी ९एनपिए० र सेनाबीच भीडन्त भएको थियो।
सेनासँगको झडपमा फिलिपिन्समा तीन संदिग्ध विद्रोही मारिए

मनिला, असार २ : फिलिपिन्सको सशस्त्र सेनाले शनिबार दक्षिणी फिलिपिन्समा भएको झडपमा तीन संदिग्ध विद्रोही मारिएको जनाएको छ।

अगुसान डेल नोर्टे प्रान्तको बुटुआन शहरको बाहिरी भागमा शुक्रबार न्यि पिपुल्स आर्मी ९एनपिए० र सेनाबीच भीडन्त भएको थियो।

एनपिए विद्रोही सन् १९६९ देखि सरकार विरुद्ध लड्दै आएका छन्। तिनीहरूले ग्रामीण क्षेत्रमा आफ्नो आक्रमण केन्द्रित गर्ने गरेका छन्।

सैन्य तथ्याङ्कअनुसार एनपिएमा २,००० सदस्य छन् जुन सन् १९८० को दशकतिरभन्दा अहिले निकै कमजोर भएको छ। 

प्रकाशित मिति: १७:५२ बजे, शनिबार, असार २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्