Kathmandu Press

आन्ध्र प्रदेशमा कार ठोक्किँदा ४ जनाको मृत्यु, ६ जना घाइते

मृत्यु हुनेमा कार चालक र गाडीमा सवार तीन जना रहेका छन्। बिहान करिब ४ बजे सो दुर्घटना भएको हो।
आन्ध्र प्रदेशमा कार ठोक्किँदा ४ जनाको मृत्यु, ६ जना घाइते

पूर्वी गोदावरी, असार २ : पूर्वी गोदावरी जिल्लाको माडकी राष्ट्रिय राजमार्गमा शनिबार बिहान कार र मालवाहक गाडी एकापसमा ठोक्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। 

मृत्यु हुनेमा कार चालक र गाडीमा सवार तीन जना रहेका छन्। बिहान करिब ४ बजे सो दुर्घटना भएको हो।

सर्कल इन्स्पेक्टर रजनी कुमारले  बताएअनुसार घटना बिहान सबेरै भएको हो। एउटा कारले ट्याक्टरलाई ठक्कर दिँदा कार चालकसहित चार जनाको मृत्यु भएको थियो। मृतकलाई पोष्टमार्टमका लागि मण्डपेटा क्षेत्रीय अस्पतालमा राखिएको छ।

'घाइतेहरूलाई राजमुन्द्री सरकारी अस्पतालमा लगिएको छ।  घटनाबारे अनुसन्धान भइरहेको छ,' सर्कल इन्स्पेक्टरले भने।

प्रकाशित मिति: १४:२० बजे, शनिबार, असार २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्