Kathmandu Press

क्यानाडाको जनसङ्ख्या चार करोड पुग्यो

क्यानाडाको जनसङ्ख्या हाल  तीव्र गतिमा बढिरहेको छ।
क्यानाडाको जनसङ्ख्या चार करोड पुग्यो

ओटावा, असार २ : क्यानडाको जनसङ्ख्या ४ करोड पुगेको छ। सन् २०२३ जुन १६ गतेसम्मको तथ्यांक हेर्दा कुल जनसङ्ख्या  ४ करोड पुगेको देखिएको छ। 

क्यानाडाको जनसङ्ख्या हाल  तीव्र गतिमा बढिरहेको छ।  सन् २०२२ मा क्यानाडालीहरूको सङ्ख्या १,०५०,११० ले बढेको हो। यो सङ्ख्या क्यानाडाको इतिहासमा पहिलो पटक  यसरी तीव्र गतिमा बढेको हो। जनसङ्ख्याको वार्षिक वृद्धि दर २.७ प्रतिशत पुगेको छ।

Hardik ivf

सन् २०२२ मा रेकर्ड गरिएका लगभग सबै वृद्धिका लागि अन्तरराष्ट्रिय बसाइँसराइँ जिम्मेवार रहेको राष्ट्रिय तथ्याङ्क निकायले जनाएको छ। क्यानाडा जनसङ्ख्या वृद्धिका सन्दर्भमा जी(७ देशहरूमा अग्रपङ्तिमा छ ।

यदि जनसङ्याङ् वृद्धिको यो दर आगामी वर्षहरूमा स्थिर रह्यो भने, क्यानाडाको जनसंख्या लगभग २६ वर्षमा दोब्बर हुन सक्ने बताइएको छ।

प्रकाशित मिति: १२:३५ बजे, शनिबार, असार २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्