Kathmandu Press

रुसले आणविक हतियार बेलारुस पठायो

सेन्ट पिटर्सबर्ग इन्टरनेशनल इकोनोमिक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक हतियार गर्मीको अन्त्यसम्ममा उपलब्ध गराउने बताएका छन्।
रुसले आणविक हतियार बेलारुस पठायो

मस्को, असार २ : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले आणविक हतियारहरूको पहिलो समूह बेलारुस पठाएको द हिलले उल्लेख गरेको छ।

सेन्ट पिटर्सबर्ग इन्टरनेशनल इकोनोमिक फोरमलाई सम्बोधन गर्दै पुटिनले बाँकी आणविक हतियार गर्मीको अन्त्यसम्ममा उपलब्ध गराउने बताएका छन्। युक्रेनसँग सीमा जोडिएको देशमा रणनीतिक आणविक बम तैनाथ गर्ने योजनाको एक भागको रूपमा रुसले यो योजना अगाडि बढाएको बताइएको छ। 

बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले रूसबाट बम र मिसाइलहरूको पहिलो भाग प्राप्त गरेको बताएका छन्। 
लुकासेन्कोले रुसी र बेलारूसी राज्य मिडियालाई भनेका छन्, 'हामीसँग क्षेप्यास्त्र र बमहरू छन् जुन हामीले रूसबाट प्राप्त गरेका छौं।'

'बमहरू, हिरोसिमा र नागासाकीमा खसालिएको भन्दा तीन गुणा बढी शक्तिशाली छन्,' फक्स न्यूजले  उल्लेख गरेको छ।
बेलारूसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले रूसले बेलारुसलाई आणविक हतियारहरू वितरण  गरेको बताएका छन्।  

हतियारको आगमन युक्रेनी सेनाले रुस विरुद्ध ठूलो मात्रामा काउन्टर-अपरेसन सुरु गरेको एक हप्तापछि आएको हो। 

यसैबीच फिनल्याण्ड यस वर्षको अप्रिल ४ मा ब्रसेल्समा रहेको नेटो मुख्यालयमा संयुक्त राज्य अमेरिकासँगको उत्तरी एट्लान्टिक सन्धिमा प्रवेश गर्ने आफ्नो उपकरण जम्मा गरेर नेटोको नयाँ सदस्य बनेको छ।

प्रकाशित मिति: १२:३० बजे, शनिबार, असार २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्