पोखरा विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान सिचुआन एयरलाइन्सले भर्ने
प्राधिकरणका अनुसार सिचुआन एयरलाइन्सले आगामी जुन २१ ९असार ६०मा चार्टर्ड उडानका लागि अनुमति पाएको हो।
पोखरा, असार १ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच यसका लागि आज सम्झौता भएको हो। प्राधिकरणका अनुसार सिचुआन एयरलाइन्सले आगामी जुन २१ ९असार ६०मा चार्टर्ड उडानका लागि अनुमति पाएको हो। उक्त एयरलाइन्सले चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्नेछ।
'चीनको सिचुआन एयरलाइन्सलाई चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जुन २१ मा चार्टर्ड उडानका लागि अनुमति प्रदान गरिएको छ । एयरलाइन्ससँग उडान नियमितताका लागि छलफल चलिरहेको छ', प्राधिकरणले भनेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ ९पुस १७०मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको थियो । विमानस्थल रु २२ अर्ब लगानीमा निर्माण भएको हो।











