Kathmandu Press

कोरोना भाइरसको संक्रमणबाट हालसम्म ६ सय ३८ जनाको मृत्यु

काठमाडौँ, माघ २४ : तीन सातादेखि चीनमा महामारीको रुप लिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ सय ३६ पुगेको छ ।

बिहीबार मात्रै चीनमा ७३ ....

कोरोना भाइरसको संक्रमणबाट हालसम्म ६ सय ३८ जनाको मृत्यु
Hardik ivf

काठमाडौँ, माघ २४ : तीन सातादेखि चीनमा महामारीको रुप लिएको कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ सय ३६ पुगेको छ ।

बिहीबार मात्रै चीनमा ७३ जनामा मासिको ज्यान गएको र ३ हजार एक सय ४३ जना संक्रमित भएको चिनियाँ स्वास्थ्य विभागलाई उदृत गर्दै चाइना डेलीले जनाएको छ ।
चीनमा सो भाइरसबाट सोमबार ६४, मंगलबार ६६, बुधबार ७३ तथा बिहीबार पनि ७३ जनाको ज्यान गएको हो ।

यसअघि उक्त भाइरसका कारण फिलिपिन्समा एक र हङकङमा एक जनाको ज्यान गइसकेको छ। चीन बाहिर ४० देशमा कोरोनाको प्रकोप देखिएको र उक्त भाइरसबाट कम्तिमा २ सय १ जना संक्रमित भएका छन्।

प्रकाशित मिति: ०९:०२ बजे, शुक्रबार, माघ २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्