Kathmandu Press

एनसेलको ‘भ्यालेन्टाइन अफर’ : प्रतिमिनेट १८ पैसामा प्रियजनसँग कुराकानी 

काठमाडौं, माघ २४ : एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् ।

नजिकिदै ग....

एनसेलको ‘भ्यालेन्टाइन अफर’ : प्रतिमिनेट १८ पैसामा प्रियजनसँग कुराकानी 

काठमाडौं, माघ २४ : एनसेलका सबै प्रिपेड ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा लिन सक्नेछन् ।

नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘भ्यालेन्टाइन अफर’ ल्याएको हो । यो अफरमा ग्राहकले मात्र रु १०० (कर सहितमात्र रु १२७.६९) मा ७०० मिनेट अन नेट टक टाइम रहेको साप्ताहिक भ्वाइस प्याकको मजा लिन सक्नेछन् ।

यो भ्यालेन्टाइन अफर आजदेखि ३ महिना सम्म संचालनमा रहनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याउन लागिएको यो अफर अन्तर्गत ग्राहकले कर सहितमात्र १८ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्नेछन् । यो अफरको साप्ताहिक प्याक सुचारु गरेपछि ७ दिन सम्म समयावधि रहनेछ । ग्राहकले एस्टिकस १७११८ एस्टिकस २ एस्टिकस ३ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार प्याक सुचारु गर्न सक्नेछन् ।

यो भ्यालेनटाइन अफरले ग्राहकलाई आफ्ना प्रियजनसँगथपनजिक रहन मद्दत पुर्याउनुका साथै आफ्ना सम्बन्धहरुलाई अझै प्रगाढ बनाउन योगदान पुर्‍याउने विश्वास एनसेलले लिएको छ ।

प्रकाशित मिति: ०८:२१ बजे, शुक्रबार, माघ २४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्